बझाङमा एकै परिवारका तीन जना मृत फेला

विज्ञापन

Share post:

कञ्चनपुर । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बुङ्गल नगरपालिका– ९ का वडाध्यक्ष हरिश बहादुर सिंहले जानकारी दिए ।

मृतक बालिकाको भने नाम खुलेको छैन । ईलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ ।

‘स्थानीय प्रहरी घटनास्थल पुगेको छ, जिल्लाबाट पनि टोली गइरहेको छ,’ उनले भने, ‘घटना बारे थप खुल्न बाँकी छ ।’

ताजा समाचार