बझाङ घटनाः अनुसन्धानका लागि सीआइबी घटनास्थलमा, श्रीमान् समातिए

विज्ञापन

Share post:

कञ्चनपुर । बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पनि परिचालन भएको छ ।

प्रहरी निरीक्षक नेतृत्वको सीआइबीको टोली जिल्लाको अनुसन्धान टीमलाई घटनाको अनुसन्धानमा सघाउन बिहिबार बेलुका बझाङ पुगेको हो ।

घटनास्थलमा रहेको सीआइबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडीत, माइती पक्ष, आरोपितको पृष्ठभूमि लगायत बारेमा सोधखोज गरेर जिल्लाको अनुसन्धान टीमलाई सघाउने छ ।

‘इन्स्पेक्टर सावको नेतृत्वमा सीआइबीको टीम पुगेको छ, सो टीमले पनि घटनाको अनुसन्धान गरिरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘बेलुका घटनास्थल पुगेको थियो, आज बेलुका जिल्ला आउँछ ।’

बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीय छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए ।

उनीहरुको जिल्ला अस्पताल चैनपुरमा पोष्टर्माटम सकेर शुक्रबार दाहसंस्कारको हुँदैछ । मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्की बिरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् ।

आत्महत्या दुरुत्साहनका आरोपी पुष्कर प्रहरीको नियन्त्रणमा छन् । ‘श्रीमान् हाम्रो नियन्त्रणमा छन्, माइती पक्षले उनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले भने, ‘उनीमाथी सोधपुछ भइरहेको छ ।’

ताजा समाचार