महेन्द्रनगर । नेपाली कांगेस (बिपि) कञ्चनपुरको संयोजकमा प्रकाश बहादुर सिंह चयन भएका छन् । नेपाली कांग्रेस (बिपि) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लको उपस्थितीमा भएको भेलाले सिंहलाई संयोजक चयन गरेको हो ।
यो संगै चार दशक कांग्रेसको राजनीतिमा सक्रिय रहेका सिंह कांग्रेस बिपिमा प्रवेश गरेका छन् । वि.सं २०३३ सालदेखि नेपाली कांग्रेसको राजनीति थालेका सिंहले वि.सं. २०५२ सालदेखि दुई कार्यकाल कांग्रेस कञ्चनपुरको कोषाध्यक्ष जिम्मेवारी सम्हालेका थिए ।
सिंहको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । समितिको सदस्यहरुमा कर्णबहादुर देउवा, नारायण प्रसाद बोहरा, धर्मराज जोशी, हसिना मगर, मिनबहादुर साउद, आनन्दी राना र हरिशंकर राना रहेका छन् ।
उक्त समितिले पार्टी कार्यालय स्थापना गरी संगठन विस्तार गर्नेछ । भदौं १६ गते जिल्ला कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस ( बिपीका ) वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले बताए ।