[फोटो फिचर] दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

विज्ञापन

Share post:

कञ्चनपुर । दार्चुलामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।

‘आधा घण्टा अगाडि हामीलाई दुर्घटनाको जानकारी आएको थियो, ५ जनाको घटनास्थलमै ज्यान गएको भन्ने छ,’ उनले भने, ‘उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ, थप विवरण आइसकेको छैन ।’ जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो ।

शैल्यशिखर नगरपालिका–६ का वडाध्यक्ष जगदिश सिंह धामीले एक महिला र ४ पुरुषको घटनास्थलमै मृत्यु भएको बताए ।
यस्तै दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । तीनमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेकोे उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको वडाध्यक्ष धामीले जानकारी दिए । यात्रुबाहक जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

‘दुर्घटना भइहाल्ने जस्तो सडक छैन्, गाडी तीव्र गति भएर वा अनियन्त्रित भएर दुर्घटना भएजस्तो देखिन्छ,’ वडाध्यक्ष धामीले भने, ‘मृतकको शव माथी निकाल्दै छौँ, गोकुलेश्वरको प्रहरी पनि पुगेको छ ।’

दुर्घटनास्थलका फोटोहरु

ताजा समाचार