बैतडीमा बँदेललाई थापेको पासोमा परेर चितुवा मर्याे

विज्ञापन

Share post:

कञ्चनपुर । बैतडीको दशरथचन्द नगरपालिका –४, बिनासौंमा पासोमा फसेको चितुवा मरेको छ । बुधबार दिउँसो १ बजे चितुवा मरेको डिभिजन वन कार्यालय बैतडीका अधिकृत श्यामसुन्दर माझीले जानकारी दिए ।

मकैबारी जोगाउन बँदेलका लागि थापेको पासोमा चितुवा परेको थियो । चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बैतडी नपुग्दै चितुवा मरेको हो ।

‘पासोमा चितुवाको पछाडितर्फको भाग च्यापिएको थियो । पासोमा परेको चितुवा आत्तिदा फलामको तारले पेट काटिएको छ,’ अधिकृत माझाीले भने, ‘धेरै रगत बगेपछि चितुवा मरेको हो ।’

ताजा समाचार