दार्चुला जीप दुर्घटनाः मृतक सबै बुंगलको एकै वडाका, यी हुन घाइते [नामावली सहित]

Share post:

कञ्चनपुर ।दार्चुलामा बुधबार दिउँसो जीप दुर्घटनामा मृत्यु भएका पाँच जना र घाइते ९ जनाको पहिचान खुलेको छ ।
मृत्य हुनेमा सबै बझाङको बुंगल नगरपालिका–८ का रहेका छन् ।

शैल्यशिखर नगरपालिका–६ का अध्यक्ष जगदिश सिंह धामीका अनुसार मृत्यु हुने बुंगल नगरपालिका–८ का पुने बोहरा, उज्ज बोहरा, हिक्मत जागरी, रैभान बोहरा र चम्का बोहरा छन् ।

‘मृतकको पहिचान खुलेको छ, सबै बझाङको बुंगल नगरपालिका–८ का छन् ।’ उनले भने । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट खलंगा गइरहेको से १ ज ५५१ नम्बरको जीप दिउँसो सडक ४ सय मिटर बाट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन् ।
उनका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ की २५ वर्षीय गौमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गौमती धामी, ४२ वर्षीया रुपा धामी, २१ वर्षीय सुमन सिंह धामी, वडा नम्बर ६ की ४० वर्षीया रेवती धामी रहेका छन् ।

यस्तै दार्चुलाकै महाकाली नगरपालिका–३ का २५ वर्षीय रमेश लुहार, वडा नम्बर ७ का २५ वर्षीय विलाराम कोली, बैतडीको डीलाशैनी गाउँपालिका–३ का २१ वर्षीय प्रदिप राना, बझाङको बुंगल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार