बैतडीमा भेटियो शंकास्पद बस्तु, डिस्पोज गर्न सेना घटनास्थलमा

Share post:

कञ्चनपुर । बैतडीका दुई ठाउँमा पनि शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनका अनुसार सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ । यस्तै, सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् । यसअघि कैलालीका २ ठाउँमा पनि शंकास्पद बस्तु भेटिएको थियो ।

ताजा समाचार