बजार बन्द गराउँदै हिँडेका विप्लवका दुई कार्यकर्ता पक्राउ

विज्ञापन

Share post:

कञ्चनपुर । डोटीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बिना कारण पक्राउ गरिएको नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले बताए। बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने माग राखे ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ ।

ताजा समाचार