अछाममा जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका कैदीको मृत्यु

विज्ञापन

Share post:

अछाम । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका–५ का बेदराज भाट उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटविरुद्ध १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।

ताजा समाचार