महेन्द्रनगर । कञ्चनपुरमा नदीमा बगेर बुधबार एक बालिका बेपत्ता भएकी छन् । दोधाराचाँदनी नगरपालिका–७ की १० वर्षीया सृजना सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन ।
दोधाराचाँदनी नगरपालिका–९ ढकनाघाटमा नदीमा बगेर बेपत्ता भएकी बालिकाको खोजीकार्य भइरहेको वडाध्क्ष गोपीलाल कडेलले जानकारी दिए ।
‘नदी किनारमा दुई जना नुहाइरहेका रहेछन्, चप्पल बगेपछि समात्न जाँदा बालिका पनि बगेको खबर छ,’ उनले भने, ‘स्थानीय र प्रहरीले बालिकाको खोजी कार्य गरिरहेको छ ।’
महाकालीमा बेपत्ता भएकी बालिकाको खोजीका लागि मझगाउँबाट शसस्त्रको गोताखोर टोली मगाइएको उनले बताए ।
‘टोली भर्खरै हिडेको जानकारी छ,’ उनले भने ।