कञ्चनपुर । सामाजिक सञ्जालमा छ्याप्त छ्याप्ती भइरहेकोे अछामको महिलामाथी कुटपिट भइरहेको भिडिओमा प्रहरी प्रशासनले चासो देखाएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–६ को भिडिओ बनेर सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा एक वृद्धालाई दुई महिलाले कुटपिट गरिरहेका छन् ।
यो भिडिओ पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए । उनका अनुसार कुटपिट गर्ने वृद्धाकै बुहारी हुन ।
सामाजिक सञ्जालमा भिडिओ भाइरल भए पछि जिल्ला प्रहरी कार्यालय अछामले चासो दिँदै भनिएको घटनास्थल गएको छ । अछामका डिएसपी नारायण डाँगीका अनुसार कुटपिट गर्ने वृद्धाका बुहारीलाई नियन्त्रणमा लिइएको छ ।
‘हामी अहिले उहाँलाई जिल्ला ल्याउँदै छौँ, घटनास्थल पुग्न हिँडेर २÷३ घण्टा लाग्छ,’ उनले दैनिक सञ्चारसंग भने, ‘भिडिओ बारे जानकारी आए पछि घटना बारे थप बुझ्न नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउँदै छौँ ।’
जिल्ला प्रहरी कार्यालय अछाममा ल्याएर कुटपिटमा संलग्न महिलामाथी अनुसन्धान हुने उनले बताए ।
भिडिओ
भिडिओ/ तर्क न्यौपाने