कञ्चनपुर । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी छोडेका छन् । शाही सामाजिक सञ्जालमार्फत आफूले पार्टी छोरेर कुनै दलसंग आबद्ध नरहेको जनाएका छन् ।
‘राष्ट्रघाती’ एमसीसी सम्झौता पास गर्नमा उनी आबद्ध पार्टी एकीकृत समाजवादीले पनि समर्थन गरेपछि रुष्ट बनेका शाही केही समययता पार्टीका काममा सक्रिय थिएनन् ।
त्यसैले एकीकृत समाजवादीको केन्द्रीय कमिटीले उनको अध्यक्षको जिम्मेवारी खोसेर उपाध्यक्ष रहेका हर्क बहादुर सिंहलाई प्रदेश अध्यक्ष बनाएको थियो ।
एमाले विभाजन गरेर कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई फाइदा पु¥याएकोमा पछुतो र आत्मग्लानी भएको शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘२०५४ सालमा बामदेबले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’’ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यस्को पछि लाग्नेमा म पनि थिए,’ उनले लेखेका छन्, ‘पार्टी विभाजनले काग्रेस लगायत पश्चिमा पुजीवादीहरुको नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छुँ, बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निस्कृक्र रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।’