कञ्चनपुरमा २ वर्षीया बालिका नहरमा मृत फेला

Share post:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मा दुई वर्षीया बालिका नहरमा मृत भेटिएकी छन् ।

भीनपा–१७ बडुवाल चौराहाका खेमराज भट्टकी २ वर्षीया छोरी मुस्कानको शुक्रबार बिहान नहरमा शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ६ बजेदेखि ती बालिका घरबाट हराएकी थिइन् । नहरमा डुबेको आशंकामा अभिभावकले खोजतलासका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस मझगाउँलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी नायव निरीक्षक जगतसिंह थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार घरभन्दा करिब ७ सय मिटर दक्षिण नहरमा शव भेटाएको हो । बालिकाको नहरमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

ताजा समाचार