मन्त्र हस्पिटलमा शनिबार नाक, कान, घाँटी सम्बन्धि निःशूल्क ओपिडी सेवा

Share post:

कञ्चनपुर । महेन्द्रनगरको मन्त्र हस्पिटलले शनिबार (भोली) एक दिन नाक, कान, घाँटी रोग सम्बन्धि ओपिडी सेवा निःशूल्क प्रदान गर्ने भएको छ ।

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा जेष्ठ नागरिक तथा अभिभावकलाई लक्षित गरेर अस्पतालले नाक, कान, घाँटी सम्बन्धि निःशूल्क ओपिडी सेवा उपलब्ध गराइरहेको छ ।

अस्पताल प्रशासनका अनुसार नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रचित पोखरेलमार्फत शनिबार निःशूल्क ओपिडी सेवा प्रदान गरिन लागिएको हो ।

‘बिशेषज्ञ डाक्टरबाट ओपिडी सेवा निःशूल्क हुन्छ,’ अस्पतालका मेडिकल निर्देशक डा. गोविन्द रोकायाले भने ।

नाक, कान, घाँटी सम्बन्धि बिशेषज्ञ डाक्टर सहित दैनिक अत्याधुनिक प्रविधिबाट रोगको सफल उपचार तथा परामर्श सेवा सहज हुने अस्पतालले जनाएको छ ।

नाकमा मासु पलाएको, कानबाट पिप बग्ने, कान कम सुन्ने, श्वासप्रश्वासमा समस्या तथा टङसिल, पिनासको समस्याको दैनिक उपचार सेवा उनले बताए ।

ताजा समाचार