बञ्चरो प्रहार गरेर बुबाको हत्या गर्ने युवक ‘बुबाको मुख हेर्ने’ दिनमै जेल परे

विज्ञापन

Share post:

बैतडी । बुबाको हत्या आरोपमा पक्राउ परेका बैतडीका एक युवक कारागार चलान
भएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका– ५ सेराका हत्या आरोपी २२ वर्षीय लोकराज जोशी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

उनले गत साउन १३ गते आफ्नै ६८ वर्षीय बुवा अन्तराम जोशीलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरी अदालत पेश गरेपछि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

ताजा समाचार