विद्यालयमा भवन नहुँदा विद्यार्थीलाई कार्यालयमा राखेर पठनपाठन

विज्ञापन

Share post:

रमेश बोहरा/देउलेख । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ०३ स्थित मनकामना आधारभुत विद्यालयमा प्रयाप्त भवन नहुँदा पठनपाठनमा समस्या उत्पन्न भएको छ ।

विद्यार्थीहरुलाई बस्ने कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक मोहन बहादुर बोहराले बताए ।

वि.सं. २०६७ सालमा स्थापना भएको विद्यालयमा अहिले १२६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यार्थीलाई बस्न कक्षा कोठा नहुँदा कार्यालयमा राखेर पठनपाठन गर्नु पर्ने बाध्यता रहेको प्रधानाध्यापक बोहराले गुनासो गरे ।

विद्यालयमा ५ जना शिक्षक, १ जना कार्यालय सहयोगी कार्यरत छन् ।

ताजा समाचार