बैतडीमा एमालेबाट दामोदर भण्डारी पक्का, प्रदेश सभामा को ?

विज्ञापन

Share post:

कञ्चनपुर। नेकपा एमालेले बैतडीमा प्रतिनिधि सभाका लागि प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई पुनः दोह¥याउने भएको छ।
अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि नेकपा एमाले बैतडीले दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिस स्रोतले जनाएको छ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट एकजनाको नाम मात्रै सिफारिस भएकाले भण्डारी उम्मेदवार हुने पक्का छ।

एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी हाल पनि सांसद छन्। ०७४ सालको चुनावमा बाम गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै संसदको यात्रा तय गरेका थिए।

त्यसबेला भण्डारीले ३९ हजार ५२४ मत ल्याएका थिए भने कांग्रेसका चन्दले २८ हजार २९१ मत ल्याएका थिए।
यस्तै, प्रदेश सभामा पनि सर्वसम्मत रुपमा एकल नाम सिफारिस भएको छ।

बैतडीको प्रदेश सभा १ (१) मा त्यहाँका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम एकल सिफारिसमा परेको छ। यस्तै, प्रदेश सभा १(२) मा सह–इन्चार्ज एवं केन्द्रीय सदस्य लिलाधर भट्टको एकल नाम सिफारिस भएको छ।

उनी ०७४ सालको चुनावमा पनि प्रदेश सभामा विजयी भएका थिए। त्यस बेला बामगठबन्धनबाट उम्मेदवार बनेका भट्टले २० हजार ३१८ मत सहित प्रदेश सभामा जितेका थिए। एमालेले यसपटक पनि उनलाई नै दोह¥याउन भट्टको एकल नाम सिफारिस गरेका हो।

ताजा समाचार