समाजवादी छोड्ने नेताहरुबारे मन्त्री सोडारीः अवसरवादी मुसाहरु, ओलीले एमाले छिराए

विज्ञापन

Share post:

कञ्चनपुर। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका नेता दीर्घ सोडारीले समाजवादी छोडेर एमाले फर्किने नेताहरुमाथी कडा टिप्पणी गरेका छन्।

शुक्रबार कैलालीको अत्तरियामा आयोजित सभालाई सम्बोधन गर्दै सोडारीले समाजवादी छोडेर एमाले फर्किने नेताहरुलाई अवसरवादी भनेका छन्।

‘अस्ती केपी ओली आएर केही मुसाहरुलाई उतापट्टि छिराए, अवसरवादी त्यता एमालेमा गएका छन्,’ उनले भने, ‘ती अवसरवादी, मुसाहरुलाई छोडिदिनुहोस्, उनीहरु कम्युनिष्ट थिएनन् ।’

केही दिन अगाडि समाजवादीबाट विक्रम शाही, तारा लामा तामाङ, कुलबिर चौधरी, असोक चन्द लगायत नेताहरु एमालेमा फर्किएका थिए।

उनीहरुलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका सोडारीले अवसरवादी मुसाहरुलाई केपी शर्मा ओलीले एमालेमा भित्र्याएको टिप्पणी गरेका हुन।

ताजा समाचार