डडेल्धुरामा गठबन्धन नगर्ने कांग्रेसको निर्णयः प्रत्यक्षतर्फ देउवा सर्वसम्मत, प्रदेशमा को ?

विज्ञापन

Share post:

कञ्चनपुर। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको कार्यबाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए।

‘स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेनौँ, अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छौँ,’ उनले दैनिक सञ्चारसंग भने

यस्तै, जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभाको चुनावको लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ।

प्रदेश सभा (१) मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र (२) मा गोबिन्द बहादुर बोहराको एकल नाम सिफारिस भएको छ।

ताजा समाचार