सुदूरपश्चिमका यी ठाउँबाट आरजुको नाम सर्वसम्मत सिफारिस

विज्ञापन

Share post:

कञ्चनपुर। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि दुई ठाउँबाट सिफारिस भएको छ।

राणालाई प्रधानमन्त्री एवम् पति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट समानुपातिक प्रणालीबाट उम्मेदवार बनाउने गरी नाम सिफारिस भएको हो।

कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत गर्दा आरजुलाई समानुपातिकमा राखेर पठाएको हो।

आरजुको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा गरिएको कांग्रेसका कार्यवाहक सभापति डिल्लीराज जोशीले बताए।

उता २०७४ को निर्वाचनमा एमालेका नारदमुनि रानासँग पराजित भएको कैलाली क्षेत्र नम्बर ५ बाट पनि आरजुको नाम सिफारिस भएको छ।

आरजुको नाम कैलाली ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा त्यहाँको कमिटीले सर्वसम्मत सिफारिसमा गरेर पठाएको हो

ताजा समाचार