बझाङमा प्रतिनिधि सभाका लागि एमालेबाट महर सहित ३ जना सिफारिस, प्रदेशमा को को ?

विज्ञापन

Share post:

कञ्चनपुर। नेकपा एमाले बझाङले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा प्रत्यक्षतर्फ अनेरास्ववियुका पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य ऐन महर सहित तीन जना सिफारिस भएका छन्।

एमालेबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ महर सहित महेश भट्टराई र जुना जाग्रीको नाम सिफारिसमा परेको हो।

यस्तै, प्रतिनिधि सभाको समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस भएको एमाले बझाङका सहइन्चार्ज अफिलाल ओखेडाले बताए।

प्रदेश सभा (१) प्रत्यक्षतर्फ दमन भण्डारी, अफिलाल ओखेडा सहित ८ जनाको नाम सिफारिस भएको छ।

जसमा लालबहादुर बिष्ट, बिरेन्द्र बहादुर खड्का, कलक बहादुर खड्का, खडक बहादुर खड्का, प्रयागराज जोशी र कृष्णचन्द हिलारी रहेका छन्।

यहीँ क्षेत्रबाट समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ। प्रदेश सभा (२) मा एलबी रावल र दिलबहादुर भण्डारी सहित तीन जनाको नाम सिफारिस भएको छ। प्रदेश सभा (२)मा समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ।

ताजा समाचार