कसैप्रति टिकाटिप्पणी गर्न भन्दा पनि संस्थाको विकासका लागि उम्मेदवारी होः निरन्जन भट्ट

विज्ञापन

Share post:

महेन्द्रनगर। निर्माण व्यवसायी संघको निर्वाचनकोे तयारीमा कञ्चनपुरका निर्माण व्यव्सायी यतिबेला व्यस्त छन्।
नयाँ नेतृत्व लिने दाउ सहित बरिष्ठ निर्माण व्यवसायी निरन्जप्रसाद भट्ट पनि यतिबेला प्यानल सहित चुनावी मैदानमा छन्।

उनले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्। कञ्चनपुरका बहुमत निर्माण व्यवसायीको साथ रहेको दाबि गर्दै भट्टले प्यानल सहित विजयी हुने दाबी गरेका छन्।

‘पुनारा र नयाँ साथीहरुको साथ रहेको छ,’ उनले भने, ‘हामि अरु केहि व्यक्तिहरु जसरी अरुलाई आरोप प्रत्यारोप गरेर प्रचारप्रसारमा लागेका छैनाँै, संस्थाको विकास कसरी गर्न सकिन्छ, निर्माण व्यवसाय गर्दै गर्दा थुप्रै समस्याहरु छन् तिनिहरुको कसरी समाधान गर्न सकिन्छ लगायतका एजेन्डा बोकेर प्रचारप्रसारमा छौँ।’

व्यवसायीहरुले आश्वासन दिएको बताउँदै उनले परिवर्तनको लागि मतदाताहरु आफ्नो साथमा रहेको उनको भनाइ छ।
‘कोले के भन्छ भनेर हामीले मतलब गरेका छैनौँ, किनकि केही मान्छेहरुले आफ्नो कुरा आफै बताउने गरेका छन।,’ उनले भने।

भट्ट प्यानलमा अन्य व्यक्तिहरु पनि उतिक्कै परिचित र लोकप्रिय रहेका छन्। भट्ट प्यानलमा बिगतका निर्वाचनमा बहुमत सहित विजयी भएका व्यक्तिहरु र संस्थाका बहुमत सदस्यहरुको साथ रहेको छ।

ताजा समाचार