एनपी साउदकोे क्षेत्रमा माओवादीबाट यी ४ नेता सिफारिस

विज्ञापन

Share post:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा चन्द्रकान्त भट्ट(सिके), नवराज ऐर, भीम भट्ट र महेशदत्त जोशीको नाम सिफारिस भएको हो।

समानुपातिकतर्फ प्रेमबहादुर धानुक, मिनराज गिरी र शेरबहादुर रानाको नाम सिफारिस भएको छ।

प्रदेश सभा (१)मा प्रत्यक्षतर्फ अमिन प्रशाद दहित, ओम विक्रम भाट, खेमराज पाण्डेय, देवीलाल चौधरी, बलाराम पन्त, बीर बहादुर राजबंसी र भुवेश पन्तको नाम सिफारिस भएको छ।

प्रदेश सभा (२) मा ओम विक्रम भाट(सरल), जनक धामी, शिवराज पनेरु, हेमराज पाण्डेयको नाम सिफारिस भएको छ।

निर्वाचन २ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले निर्वाचन लड्दै आएको क्षेत्र हो।

ताजा समाचार