वित्थडचिरमा एकल महिला र विपन्न परिवारलाई आर्थिक सहयोग

विज्ञापन

Share post:

बझाङ । बझाङको वित्थडचिर गाउँपालिकाका एकल महिला र विपन्न परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पारिवारको आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनमा समस्यामा रहेका परिवारलाई युनिसेफ नेपालको सहकार्यमा बागेश्वरी असल शासन क्लब (बास)ले सहयोग आर्थिक सहयोग गरेको हो ।

सहयोग अन्तर्गत आर्थिक अवस्था निकै कमजोर रहेका वित्थडचिर गाउँपालिका–६ पाड्पखाका कपिल बिकलाई शैक्षिक सामग्रीको लागि नगद ५ हजार सहयोग गरिएको छ ।

लामो समयदेखी बुवा गुमाएका थिए। पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेका उनलाई शैक्षिक सामग्रीका लागि बीउ पुजीस्वरुप आर्थिक सहयोग गरिएको छ।

यस्तै वडा नम्बर ६चौशाल कि बुवा आमा गुमाएकी सिर्जना बिस्ट कचडाकी बुवा गुमाएकी मनिषा धामी दोवारी का दिनेश बोहरा र सुशील स्याडाले पनि लामो समय सम्म बुवा गुमाएका उनिहरुलाई शैक्षिक सामग्रीका लागि आर्थिक सहयोग ५पाँच ५ पाँच हजार सहयोग गरिएको बास नेपालकी मनोसामाजिक बिमर्शकर्ता सरस्वती बोहराले जानकारी दिइन् ।

यस्तै, वित्थडचिर गाउँपालिका–६ दल्लीक कि द्रोपती बिकलाई र सोही वडा मडकी सिवजला धामीलाई बाख्रापालनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । लामो समय देखि श्रीमान गुमाएकी बिक र सिवजलालाई छोराछोरीहरूलाई विद्यालय पढाउन नसक्ने अवस्था रहेकि दुबैलाई पनि बिउ पुजी स्वरुप बाख्रा पालन सुरुवातको लागि नगद ५ हजार आर्थिक सहयोग गरेको बोहराले बताइन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका वडा नम्बर ६का अध्यक्ष वडा सचीव वडा सदस्य कार्यपालिका सदस्य शिक्षक, लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार