सुनकुडा क्याम्पसमा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम

Share post:

बझाङ। बित्थडचिर गाउँपालिका–९ सुनकुडास्थित सुनकुडा नमूना क्याम्पसले एक कार्यक्रमबीच दशैँ तथा तिहार बिदा गरेको छ।

स्थानीय बिदा मिलान हुने गरी असोज ९ गते देखि कार्तिक १४ गते यथावत समयमा क्याम्पस सञ्चालन भई पठनपाठन हुने गरी विदा दिएको क्याम्पस प्रमुख चक्र बहादुर ढाटले बताए।

क्याम्पसका अत्यावश्यक कामकाजका लागि भने क्याम्पस प्रशासन खुल्ला रहने उनले बताए। नेपालीहरुकोे महान चाड विजया दशमी तथा शुभ दिपावली र छठको अवसरमा क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको उनले बताए।

‘हामीले बिगतका बर्षहरुमा पनि यसैगरी बिदा दिएका थियौ, यसपालि पनि बिगतका बर्ष झै गरि बिदा दियौं,’ उनले भने, ‘शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।’

ताजा समाचार