धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा

Share post:

धनगढी। कैलालीको धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा आएको छ ।

धनगढी रोतोपुलस्थित एसपीए रोड जानेबाटो(एसपीएको बीएचएम–बीआईएम भवन)मा क्याफे सञ्चालनमा आएको हो ।

सञ्चालक सुवास शाहीले उक्त क्याफेको आइतबार सफ्ट ओपनिङ गरे। जनवरी १ देखि क्याफेको भव्य उद्घाटन गरिने उनले बताए।

सफ्ट ओपनिङको अवसरमा क्याफेमा क्याफेमा हाल हरेक आइटममा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । क्याफेमा सम्पूर्ण धनगढीमा नपाईने सम्पूर्ण बेकरी आइटम, केक, कफी, फास्टफुड आइटमहरु उपलब्ध छन् ।

क्याफेमा फ्राइ राइस, मःम, चाउमिन, सेन्डविच, बर्गर, चिल्ली, पकोडा, चिप्स, मुस्ताङ आलु, फ्रेन्च फ्राइज, स्विट कर्न क्रेकर्स, चाउचाउ लगायत अर्डरअनुसारका सामाग्री उपलब्ध हुनेछन् ।

यस्तै बेकरी आइटममा ब्रेड, कपकेक, टेस्ट, बिस्कुट, कुकिज, रोल, डुनट्सलगायत आइटमहरु उपलब्ध हुनेछन् ।

यस्तै क्याफेमा कफी खादैँ पढ्न चाहेका लागि पुस्तकहरु पनि उपलब्ध छन् । त्यसबाहेक क्याफेमा बर्थ–डे, एनिभर्सरीलगायत कार्यक्रम पनि आयोजना गर्न सकिन्छ । साथै क्याफेले होम डेलिभरीको व्यवस्था समेत गरेको छ ।

ताजा समाचार