पूर्वम्यादी मायाको हत्याः सशस्त्र प्रहरीका जवान विरुद्ध किटानी जाहेरी

Share post:

कञ्चनपुर। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवान विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

पीडीत परिवारले शिवनाथ गाउँपालिका–४ सोलपलाका भरतराम कोली विरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

कोली कास्कीमा शसस्त्र प्रहरीको जवान पदमा कार्यरत रहेका छन्। उनी विादमा घर आएका थिए। अहिले उनी फरार छन्।

हत्या आरोपी कोलीको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताए।

पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए।

त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

मृतक माया मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा म्यादी प्रहरी पनि थिइन्। आरोपी कोलीले केही दिन अघि मायाको मोबाइल खोसेको खुलेको छ।

ताजा समाचार