बझाङमा भीरबाट लडेर २६ वर्षीया महिलाको मृत्युु

Share post:

बझाङ। बझाङमा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ ।

बित्थडचिर गाउँपालिका-२ लिम तोलीकी २६ वर्षीया दुर्गा देवी बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिवार दिउँसो भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।

उनी भीरबाट लगभग ३ सय मिटर तल खसेकी थिइन्। मृतक बोहराका ४ वर्षीय छोरा र श्रीमान् रहेका छन् ।

ताजा समाचार