जेआर भट्टको ‘मेरी इजु’ बोलको गीत सार्वजनिक (भिडिओ सहित)

Share post:

महेन्द्रनगर। नवोदित कलाकार जेआर भट्टको ‘मेरि इजु’ बोलको देउडा गीत सार्वजनिक भएको छ। भट्टको आफ्नै युट्युब च्यानल ‘जेआर भट्ट’मा शुक्रबार गीत सार्वजनिक भएको हो।

सुदूरपश्चिमको मौलिक भाका ‘मेरी इजु’ लाई नयाँपन दिँदै भट्टले गीत बजारमा ल्याएका छन्। गीतमा भट्टको शब्द रहेको छ। भुमिराज थापाले एरेन्ज गरेको गीत शेर बोहराले मिक्सिङ गरेका छन्।

गीतमा भट्ट सहित सुदूरकी चर्चित गायिका गौरी भट्टले आवात भरेका छन्। गीतमा छोरी बिहे गरेर पराइ घर जाँदाको पीडालाई प्रस्तुत गर्न खोजिएको छ।

गीतमा गौरव जोशी र जेआर भट्टको ¥याप पनि सुन्न सकिन्छ। म्युजिक भिडिओमा भट्ट सहित झरना बोहरा, बाशुदेव भट्ट, किसु पन्त, अमृत नाथ, दीपक भट्ट, मनोज भट्ट, रवि सानु, उमाकान्त जोशी र धिरज बुढाको अभिनय रहेको छ।

मासुम बिष्टले निर्देशन गरेको म्युजिक भिडिओ पुष्प भट्टले छायांकन गरेका हुन भने विष्णु खड्काले सम्पादन गरेका छन्।

भिडिओः

ताजा समाचार