कञ्चनपुर। सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन्। प्रदेश सभाका २९ सांसदको समर्थन लिएर रावलले प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेश गरेका हुन।
यो संगै रावल सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री बनेका छन्। नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाका १ सहिक कूल २९ सांसदको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका हुन।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको आवश्यक पर्दछन्। रावल कञ्चनपुरबाट समानुपातिका कोटामा प्रदेश सांसद चुनिएका थिए।