सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले लिए शपथ

Share post:

कञ्चनपुर। तेस्रो प्रयासमा सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन भएका माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सभामुख चयनपछि मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका छन्।
भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकमा भएको मतविभाजनमा बहुमत जुटाएर सभामुखमा निर्वाचित भएका थिए।

उनको पक्षमा माओवादी सहित सत्तारुढ दल एमाले, नागरिक उन्मुक्ति र राप्रपाले मतदान गरेको थियो। मतविभाजनमा सहभागी ५२ सांसदमध्ये सत्तारुढ २९ सांसदले उनको पक्षमा मत खसालेका थिए।

यसअघि २८ र ३० गतेको मतविभाजनमा भण्डारीले सभामुखका लागि बहुमत पाएका थिएनन्। आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन गर्ने तयारी छ।

ताजा समाचार