शिव शिखर सहकारीको आग्रह– अफवाहको पछि नलाग्नुस्, ढुक्कसँग कारोबार गर्नुस्

Share post:

कञ्चनपुर। शिवशिखर बहुउद्देश्यीय सहकारीले सदस्यहरुको विश्वास टुट्न नदिने स्पष्ट पारेको छ।

समाजिक सञ्जालमा सहकारीका विरुद्ध अफवाह फैलाएको प्रेस विज्ञप्ती मार्फत सहकारीले जनाएको छ।

सदस्यहरुलाई अपवाहको पछि नलागेर ढुक्कसँग कारोबार गर्न आग्रह समेत सहकारीले गरेको छ।

समाजिक सञ्जालमा आएका विभिन्न समाचारहरु,टिकाटिप्पणीहरु र नकारात्मक कुराहरु सत्यताको बिषय उजार गरी सदस्यहरुलाई निर्धक्क संग कारोवार गर्ने वतावरण सृजना गर्न संस्थाले बिज्ञप्ती जारी गरेको हो ।

संस्थाका सुदूरपश्चिम प्रदेश वरिष्ठ प्रबन्धक हेमराज जोशीद्धारा जारी विज्ञप्तिमा संस्थाको साधारण सभा समेत गर्ने तयारीमा रहेको पनि जानकारी गराइएको छ।

ताजा समाचार