बझाङ। बित्थडचिर गाउँपालिकामा भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकुडा माध्यमिक विद्यालयले जितेको छ।
‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि प्रतियोगिता आयोजना भएको थियो।
सुनकुडा माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
प्रतियोगितामा महादेव माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ। केदार माध्यमिक विद्यालय तृतीय भएको छ।
प्रतियोगितामा छात्रछात्रा भलिबल, रिले दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सटपुट, कवड्डी, ज्याबलिङ थ्रो लगायत एथ्लेटिक्सका खेलहरु समावेश थिए।
पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोे बित्थडचिर गाउँपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर ७ अध्यक्ष दिनेश अधिकारीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा बित्थडचिर गाउँपालिकाका ६ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई शिल्ड र ट्रफी प्रदान गरिएको छ।