कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुर–कैलालीको भ्रमण सकेर काठमाडौँ फर्किएका छन्।
कैलालीको धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ उडेका प्रधानमन्त्री दाहालसंगै हेलिकप्टरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल सुदूरपश्चिम प्रदेश स्तरीय पार्टी प्रशिक्षणका लागि आइतबार नै कैलाली आएका थिए।
कैलाली–कञ्चनपुरका ठूला विकासे योजनाको निरीक्षणमा आएका प्रधानमन्त्री दाहालसंगै नेपाल पनि एउटै हेलिकप्टरमा काठमाडौँ फर्किएका हुन।
‘प्रधानमन्त्री ज्युले हिजो अध्यक्ष कमरेडलाई भेट्नका लागि फोन गर्नु भएको थियो, उहाँले आफू धनगढी रहेको बताउनुभयो, त्यसपछी प्रधानमन्त्री ज्यूले फर्किने बेला सँगै फर्किउँला भन्नु भएको थियो,’ माधव नेपाल निकट स्रोतले भन्यो, ‘आज प्रधानमन्त्री ज्युसँगै हेलिकप्टरमा काठमाडौ फर्कनु भएको हो।’
कमरेड यसलाई राजनीतिक तवरले अर्थपूर्ण ढङ्गले हेरिएको छ।नेपाल नेतृत्वको पार्टीले दाहाललाई विश्वासको मत दिएर अहिले प्रतिपक्षमा छ। तत्कालीन वाम लोकतान्त्रिक गठबन्धन ब्यूँतिने चर्चा छ भने दाहालले नेपाललाई सरकारमा ल्याउनेका लागि छलफल पनि अगाडि बढाइरहेका छन्।