महेन्द्रनगर। बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मोहन बोहराले उम्मेदवारी दिएका छन्।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले साझा उम्मेदवारका रुपमा बोहरालाई सभापतिमा अघि सारेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा कलेजमा चैत्र ५ गते स्ववियु चुनाव हुँदैछ।
शैक्षिक मुद्दा शसक्त ढंगले उठान गरेर गुणस्तरीय शिक्षाका लागि स्ववियु सभापतिमा उम्मेदवारी दिएको बोहराले बताए।
‘विद्यार्थीहरूले भोग्दै आएका तमाम समस्याको समाधानका लागि कटिबद्ध भएर लाग्छुँ, गुणस्तरीय शिक्षा प्राथमिकतामा छ,’ उनले भने, ‘मेरा पुर्खाले विद्यालय स्थापना गर्न जग्गा दान गरे, म विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छुँ।’
क्याम्पसमा सुशासन कायम, विद्यार्थी हक अधिकारका लागि विद्यार्थीसँग स्ववियु कार्यक्रम ल्याउने, नमुना क्याम्पस बनाउन गुणस्तरीय शिक्षा तथा अतिरिक्त कार्यक्रममा जोड दिने उनले बताए।
गुणस्तरीय प्रयोगशाला तथा पुस्तकालयबाट अनिवार्य किताब पाउने व्यवस्था गर्ने, उचित सुविधा सम्पन्न खेल मैदानको व्यवस्थापन गर्न पहल गर्ने समेत उनले बताए।