वित्थडचिरको मनोमानी विरुद्ध शिक्षक संगठनको ध्यानाकर्षण

Share post:

बझाङ। नेपाल राष्ट्रिय शिक्षक संगठन वित्थडचिरले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। संगठनले गाउँपालिका शिक्षा शाखा र प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो।

नेपाल राष्ट्रिय शिक्षक संगठन स्थानीय कार्यसमिति तथा गाउँ परिषद्को चैत्र ३ गते बसेको बैठकले ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो।

गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक हटाएको विरोधमा संगठनले ज्ञापन पत्र बुझाएको हो।

शिक्षक नहुँदा विद्यालयमा पठनपाठन प्रभावित भएको भन्दै संगठनले शिक्षक नियुक्त गर्नु पर्ने माग राखेको छ।

यस्तै, गाउँपालिका भरिका स्वयंसेवक शिक्षकहरुको तलब भत्ता सरकारले तोके बमोजिम वृद्धि गर्नु पर्ने माग पनि संगठनले गरेको छ।

स्वयंसेवक शिक्षकहरुको पोशाक भत्तामा एकरुपता गर्नुपर्ने , गाउँपालिका अन्तर्गतका सिफारिस गरिने शिक्षक तालिममा न्यायोचित तरिकाले शिक्षकलाई तालिममा सिफारिस गर्नु पर्ने संगठनका सचिव शंकर बोहराले बताए।

गाउँपालिका अन्तर्गत सञ्चालन गरिने विभिन्न शैक्षिक गतिविधिहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्व अनिवार्य रूपमा गरिनु पर्ने र विद्यालयमा कार्यरत बाल विकास कार्यकर्ता र लेखा सहायक कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गर्नु पर्नेमा समेत उनले जोड दिए।

ताजा समाचार