रमेश बोहरा/बझाङ। बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा बजारमा ट्रक र सरकारी मोटरसाइकल एकआपसमा ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन्।
बागथलाबाट डडेल्धुरातर्फ गइरहेको भे.१ ख ३६९१ नम्बरको ट्रक र बैतडीको श्रीभाबरबाट बझाङको बागथलातर्फ आउँदै गरेको सु.प ०१००१ ब १४२५ नम्बरको सरकारी मोटरसाइकल ठोकिँएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
ट्रक चालक बैतडी जिल्लाको सिगास गाउँपालिकाका तपेन्द्र चन्द र सरकारी मोटरसाइकलमा सवार दुर्गाथली गाउँपालिकाका यज्ञराज धामी र शिवराज ओखेडा रहेका छन्।
सरकारी मोटरसाइकल प्रधानमन्त्री कृषि परियोजना आलु जोन कार्यालय बझाङको रहेको जनाएको छ। घाइतेहरुको सुनकुडाको मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।