महेन्द्रनगर। भीमदत्त नगरपालिका–४ गोबरियास्थित ग्रीनल्याण्ड एकेडेमीका विद्यार्थीले अनाथ बालबालिकालाई खाना खुवाएका छन्।
समाज कल्याण अञ्चल बाल अनाथालयमा आश्रय लिएर बसेका बालबालिकालाई विद्यार्थीले खाना खुवाएका हुन।
शनिबार आफ्नो खाना, नास्ताको खर्चबाट संकलन गरेर विद्यार्थीले अनाथ बालबालिकालाई खाना खुवाएका छन्।
ग्रीनल्याण्ड एकेडेमीका कक्षा ७ र ८ का विद्यार्थीले रकम संकलन गरेर अभिभावकविहिन बालबालिकालाई एक छाक भोजन गराएका हुन।
अनाथालयमै खाना तयार पारेर उनीहरुले अनाथ बालबालिकासँगै खाना खाएर शनिबार बिताएका थिए।
सो क्रममा विद्यालयका शिक्षक, अनाथालयका पदाधिकारी लगायतको पनि उपस्थिती रहेको थियो।
समाज कल्याण अञ्चल बाल अनाथालयमा हाल २० जना भन्दा बढी बालबालिका आश्रय लिएर बसेका छन्।