‘ब्याड टच’ आरोप लागेका शिक्षक प्रहरीकै अगाडि निर्घात कुटिएपछि कञ्चनपुरमा चर्कियो आन्दोलन

Share post:

कञ्चनपुर। भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक कुटपिट घटनाको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किदै गएको छ।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन्।

सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत बिरेन्द्र प्रसाद जोशीमाथि भएको निर्घात कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै शिक्षकहरुले आइतबार भीमदत्त नगरका विद्यालय बन्द गराएका थिए।

जिल्लास्तरीय आन्दोलन परिचालन समितिको आइतबार बसेको बैठकले आन्दोलनलाई जिल्लाव्यापी बनाउने निर्णय गरेको हो। भदौ ३ गते विद्यालयमै अध्ययनरत छात्राले शिक्षक जोशीमाथि ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन्।

शिक्षकले जोशीले भने छात्रालाई दुव्र्यवहार नगरेको दाबी गरेका छन्। प्रहरीले हतकडी लगाएर भ्यानसम्म ल्याउँदा विद्यालय परिसरमा एक समूहले जोशीमाथि निर्घात कुटपिट गरेको थियो। सुरक्षा दिनुपर्ने प्रहरीको नियन्त्रणमा रहेका जोशीमाथि कुटपिट हुँदा प्रहरी मूकदर्शक बनेको आरोप छ।

घाइते जोशीको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक बिरेन्द्रसिंह भण्डारीले बताए।

भदौ ३ गतेको घटनाको निष्पक्ष न्यायिक छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन, विद्यालयले किटानी जाहेरीका साथै फोटो र भिडिओमा देखिएका अराजक व्यक्तिलाई खोजी गरेर कानूनी दायरामा ल्याउनु पर्ने र सुरक्षामा खटिएका प्रहरी निरीक्षक सिताराम विष्टलगायत अन्य प्रहरी कर्मचारीलाई निलम्बन गरेर कारबाही हुनुपर्ने शिक्षकको माग छ।

शिक्षकले घोषणा गरेको अनिश्चितकालीन विद्यालय बन्दको प्रभावले विद्यालयमा पठनपाठन ठप्प छ। सोमबारै महेन्द्रनगरमा शिक्षकहरुले -याली निकाल्ने तयारी गरेका छन्।

माग सम्बोधनको दबाबका लागि ¥याली निकाल्नुका साथै प्रशासनमा धर्ना बस्ने कार्यक्रम छ। सोमबार बेलुकासम्म आफूहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढ्ने शिक्षकहरुको चेतावनी छ।

ताजा समाचार