कञ्चनपुर। कञ्चनपुरमा लागु औषधसहित ४ जना युवक पक्राउ परेका छन्।
भीमदत्त नगरपािलका–४ बाट ०.०१५ ग्राम लागु औषध खैरो हेरोइन सहितजस्तो देखिने धुलो पदार्थ सहित ४ जना युवक पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा डोटीको पुर्बीचौकी गाउँपालिका–५ का २७ वर्षीय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका–७ का २८ वर्षीय बल बहादुर बुढा क्षेत्री, कञ्चनपुरको बेदकोट नगरपालिका–९ का २६ वर्षीय नबिन भट्ट र सोही ठाउँका ३० वर्षीय सिद्धराज पनेरु छन्।
उनीहरुलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागु औषध सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो।
जाँच गर्दा उनीहरुको साथबाट खैरो हिरोइन बरामद भएको थियो।