तिलाचौरमा भोलिदेखि देउडा

Share post:

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा भोलि (बिहीबार)देखि देउडा कार्यक्रम आयोजना हुँदैछ।

भूमिराज गौरादेवी मन्दिर संरक्षण समितिले वेस्टर्न युथ क्लबको सहयोगमा तिलाचौरस्थित सिद्धनाथ टोलमा देउडा कार्यक्रम आयोजना गर्न लागेको हो।

गौरा पर्वको अवसरमा आयोजना गरिन लागेको देउडा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूमिराज गौरादेवी मन्दिर संरक्षण समितिका सचिव बिनोद भट्टले बताए।

उनका अनुसार भोलि सुरु हुने देउडा कार्यक्रम २५ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारको सहभागीता रहनेछ। भोलिको उद्घाटन कार्यक्रममा देउडिया जेआर भट्टलाई प्रस्तुत गरिनेछ।

ताजा समाचार