द्धन्द्ध पीडितका पीडा अझै उस्तै

Share post:


कञ्चनपुर। कञ्चनपुरका द्धन्द्ध पीडित महिलाहरुले परिपुरण र न्यायसंगै बेपत्ताको अवस्था सार्वजनिक हुनुपर्ने लगायतका मागहरु राखेका छन्। उनीहरुले आफन्त मारिनुपर्ने कारण समेत सम्बन्धित पक्षले जानकारी दिनपुर्ने बताए।

‘हाम्रा बालवालिकालाई निशुल्क शिक्षा दिनुपर्छ, शिक्षा लिइसकेकालाई रोजगारी दिनुपर्छ,’ एडभोकेसी फोरमले बेदकोट नगरपालिकाका जनप्रतिनिधि र द्घन्द्ध पीडितहरुसंग आयोजित महिला शान्ति र सुरक्षा विषयक अन्तररक्रियामा द्धन्द्ध पीडित हिरा भण्डारीले भनिन्, ‘हामी एकल भएका होइनौं बनाइएको हो।’

उनका अनुसार सरकारले अहिले १२ कक्षासम्म अध्ययन गर्नेलाई मात्रै छात्रवृत्ति दिने गरेको छ। तर शान्ति सम्झौता हँुदा जन्मेको बालबालिका समेत १७/१८ वर्ष पुरा भइ १२ कक्षा भन्दा माथि उक्लिसकेको उनले बताइन्।

‘हामीले परिपुरण त के राहात समेत राम्ररी पाएका छैनौं,’ अर्की द्घन्द्ध पीडित महिलाले भनिन्, ‘सरकारले १८ वर्ष मुनिको बच्चलाई छात्रवृत्ति दिन्छ, अहिले शान्ति सम्झौता भएको पनि १८ वर्ष पुग्यो अब त्यो उमेरको बच्चा कहाँबाट ल्याउनु?’ उनका अनुसार स्थानीय तहमा पनि द्घन्द्ध पीडितका नाममा अरुले नै रजाँइ गरेका छन्।

बेदकोट नगरपालिकाले द्घन्द्ध पीडितका नाममा विभिन्न किसिमका कार्यक्रमहरु छुट्याएको पीडितहरु बताउँछन्। विभिन्न किसिमका सीपमूलक तालिमहरु सञ्चालन गरेपनि त्यो पर्यााप्त नभएको उनीहरुको भनाइ छ।

बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराले सबै पीडितहरुलाई समेटने गरि कार्यक्रम गरिने बताए। ‘थोरै बजेटमा पनि सबैलाई समेटने गरि कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘पीडित सबै समेटन सकेका छैनौं, उनीहरुका शिक्षा, सीपमूलक तालिम र रोजगारीका विषयमा हामी संवेदनशील छौं।’

ताजा समाचार